
काठमाण्डौ। देशमा दक्ष चिकित्सा जनशक्ति अभाव पूर्ति गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र नेपाल प्रहरी अस्पतालबीच स्नातकोत्तर (एमडीएमएस) तहमा चिकित्सा तथा नर्सिङ विद्यार्थी संख्या दोब्बर पार्ने सम्झौता भएको छ।
यसअघि वार्षिक १२७ जनाले मात्रै अध्ययन गर्ने अवसर पाउँदै आएकोमा उक्त सम्झौतापछि संख्या २५० पुग्ने भएको छ। सम्झौता कार्यान्वयनका लागि प्रतिष्ठानले आवश्यक समन्वय गर्ने जनाएको छ।
देशभित्रै दक्ष चिकित्सा जनशक्ति उत्पादनमा वृद्धि गर्न आवश्यक वातावरण तयार पार्ने प्रतिबद्धता सम्बन्धित पक्षहरूले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे