
काठमाडौं । एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल)को अध्यक्षमा महेश बाबु तिमल्सिना चयन भएका छन् । आइतबार सम्पन्न एसोसिएसनको चौथो साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो। उपाध्यक्षमा बुद्धीसागर अर्याल, महासचिवमा राजेन्द्र रिजाल, सचिवमा नवराज केसी, कोषाध्यक्षमा सुजन थापा कार्यकारी सदस्यहरूमा नयन लामिछाने र रमण कोइराला चयन भएका छन्। 
नबनिर्वाचित अध्यक्ष महेश बाबु तिमल्सिनाको सभापतित्वमा प्रमुख अतिथि अष्ट्रेलियन महामहिम राजदुत फ्यालीसिटी भोल्क, अष्ट्रेलियाका लागि पुर्व महमहिम राजदुत महेश दाहाल, एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्मा,
आनाका अध्यक्ष डा रामहरी अर्याल लगायत अष्ट्रेलियन युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधिहरूको उपस्थितिमा चौथो साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित अतिथिहरू र भर्चुयली उपस्थित शुभचिन्तकहरूले नयाँ कार्यसमितिलाई शुभकामना प्रदान गर्नु भएको थियो।
शुभकामना प्रदान गर्ने क्रममा आनाका अध्यक्ष डा राम हरी अर्यालले अष्ट्रेलियन एजुकेशन र कल्चरलको उच्च कदर गर्दै एरी नेपालको गतिविधिले आनाको सदस्यहरू पनि बडिरहेको जानकारी गराउँदै एरी नेपालको नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गर्नु भयो।
ऐरी नेपालको साधारणसभामा सिक्यु युनिभर्सिटीका साउथ एसिया रिजनल डाइरेक्टर सुमित अग्रवालले स्टडी इन अष्ट्रेलियाको बर्तमान परिप्रेक्षका बारेमा प्रकाश पार्दै सिक्यु युनिभर्सिटीमा नेपाली विद्यार्थीले राम्रो अध्ययन गरीरहेको जानकारी गराउँदै एरी नेपाललाई भबिस्यमा पनि यस्तै प्रोफेशनल सेवा प्रदान गर्न शुभकामनासमेत व्यक्त गर्नु भयो।
शुभकामना मन्तव्यकै क्रममा नेपालका लागि अस्ट्रेलियन महामहिम राजदुत फ्यालीसिटी भोल्कले शुभकामना ब्यक्त गर्दै अस्ट्रेलिया अध्ययन गरेर नेपाली विद्यार्थीले लाभ लिएको र लिन सक्ने बताउनुभयो ।
अस्ट्रेलियाका लागि नेपाली पुर्व राजदूत महेश दाहालले आफु अस्ट्रेलियामा रहदा विद्यार्थीसहित सबैको सहजताका लागि राम्रो गर्ने प्रयास गरेको बताउनु भयो ।
ऐरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माले विद्यार्थीले पर्याप्त सूचना लिएर अस्ट्रेलिया अध्ययनमा जाँदा समस्या नहुने बताउनु भयो । साथै ऐरी नेपालका सदस्यहरूले आचारसंहितामा रहेर परामर्श उपलब्ध गराउने भएकाले कुनै समस्या नभएको समेत जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे