
काठमाडौँ, २ भाद्र । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
बिहीबार अधिवक्ता सागर बरालको समूहले क्रिप्टो लगायतका डिजिटल मुद्रालाई नेपालमा पनि कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा
रिट निवेदन दिएका थिए ।
रिटमा क्रिप्टो लगायतका डिजिटल मुद्रालाई मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गरेर कानूनी मान्यता दिनुपर्ने माग गर्दै रिट दर्ता भएको हो।
दर्ता भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।
केही दिन अघि मात्र नेपाल राष्ट्र बैकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, नेटवर्क मार्कैटिङ को कारोबार गैरकानुनी भन्दै कारोबार नगर्न सार्वजनिक सुचना जारी गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे