
काठमाडौँ , १६ असार – सर्लाहीको हरिपुर नगरपालिमा एक महिलाको शव भेटिएको छ। हरिपुर नगरपालिमा का–४, हरैयामा ४५ वर्षीया कृष्णादेवी रायको आफ्नै मकैबारीमा फेला परेको छ । कृष्णादेवीको शव शनिवार राति घरदेखि करिब पाँच सय मिटर पूर्वमा शव फेला परेको हो ।
मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेकाले हत्या हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन् ।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे