
धादिङ, २१ साउन । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो ।
पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी अस्पतालमा उपचार भईरहेको छ।
बसमा सवार ७ जना यात्रु नै घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।
दुर्घटनापछि अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे