
काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ।
अब ग्राहकले बैंकमा भौतिक रुपमा उपस्थित नभई मोबाइल एप, के.एस. आई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने छन्। ग्राहकले बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर मुद्दती खाता खोल्न व्यवस्था ल्याएको हो।
के एस आइ मोबाइल बैंकिङमा लगइन गरी पिक्स्ड् डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिने छ। बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे