
एजेन्सि । अफगानिस्तानमा गएको भूकम्पले क्षतविक्षत पारेको छ । भुकम्पमा परि अहिलेसम्म २८० भन्दा बढी मानिसको ज्यान गएको छ। अफगानिस्तानमा गएको भुकम्पको कम्पन पाकिस्तानमा पनि महसुस भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका । अफगानिस्तानको राज्य सञ्चालित समाचार संस्थाले देशको पूर्वी पक्तिका प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा २ ८० जनाको मृत्यु भएको जनाएको छ।
तालिबान प्रशासनको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख मोहम्मद नसिम हक्कानीले बताएअनुसार भूकम्पबाट भएको सबैभन्दा भयावह विनाश पाक्टिका प्रान्तमा भएको थियो, जहाँ कम्तीमा २ ८० जना मारिएका थिए र २५० भन्दा बढी घाइते भएका छन्। उनले भने पूर्वी प्रान्त नानगरहर र खोस्टमा पनि मृत्यु भएको र अधिकारीहरू उद्धार कार्यमा सहभागी भएका छन्। ‘बख्तर’ समाचार एजेन्सीले अर्कौ खबरमा बताए अनुसार उद्धारकर्ताहरू हेलिकप्टरमार्फत घटनास्थलमा आइपुगेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे