
काठमाडौँ, १३ पुस । प्रर्दशनीमार्ग स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ।
बुधवार बिहान १० बजेको समयमा एउटा समूहले अर्को समूहमाथि खुकुरी प्रहार गर्दा ३ जना घाइते भएका हुन् ।
घाइतेहरुको काठमाडौँ मोडल अस्पतालमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।
कलेजमा अघिल्लो दिन भएको विवादको विषयमा बुधबार खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे