
चितवन, १७ श्रावण ।सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षासँगै पानीको सतह सतर्कता तह नजिक पुगेको छ ।
नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि) नजिक पुगेको र यो बढ्दो क्रममा रहेको विभागले जनाएको हो ।विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाँऊ पालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे