
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव आज दिउँसो ३ बजे पार्टी कार्यालयमा दर्ता हुने भएको छ। महामन्त्री गगनकुमार थापाले प्रतिनिधिहरूबाट हस्ताक्षर संकलन भइसकेको र प्रस्ताव अब दर्ता गर्न तयार भएको बताए।
यो प्रस्ताव यसअघि पटक–पटक सरे पनि बुधबार उपसभापति पूर्णबहादुर खड्काले ग्रहण गर्ने तयारी छ। मंगलबार थापाले केही प्रतिनिधिलाई सीमित संख्यामा आउन आग्रह गर्दै आश्वस्त गराएका थिए।
जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवा पहिलोपटक पार्टी कार्यालय पुगेका थिए। उनले सम्बोधन गर्दै नेपालको संविधान जोखिममा परेको र प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको दाबी गरे। लोकतन्त्र संकटमा परेको भन्दै उनले पार्टीभित्र एकता कायम गर्न आवश्यक भएको बताए। साथै उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका छन्।
बुधबार कार्यसम्पादन समितिको बैठक बस्ने भए पनि मंगलबार बोलाइएको बैठक तालिकामा सहमति नजुटेकै कारण स्थगित भएको थियो। अहिले कांग्रेसभित्र मंसिरभित्रै नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशनमा जाने भन्ने विषयमा विवाद चलिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे