
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीहरू गलत नहुने, व्यक्तिहरूको गल्तीले पार्टी बदनाम हुने बताएका छन् । काठमाडौँ महानगर–३० ले आयोजना गरेको कार्यशालामा बोल्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताउनुभयो। उनीका अनुसार, कांग्रेसले स्थापना कालदेखि राष्ट्रको सेवा गर्दै आएको छ, तर केही व्यक्तिको गल्तीले पार्टीको नाम बिग्रेको छ।
महामन्त्री थापाले बिपी कोइरालाको विचार अहिले पनि महत्वपूर्ण रहेको र नेताहरूले त्यसअनुसार काम गर्नुपर्नेमा जोड दिए। कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्ने बताउँदै, चुनाव हार्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिन्हमा भोट माग्ने प्रवृत्ति गलत भएको उल्लेख गरे।
कार्यक्रममा अन्य नेताहरूले पनि बिपीको योगदान र हालको राजनीतिक अवस्थाबारे विचार राखेका थिए। कार्यक्रम नेपाली कांग्रेस वडा ३० ले आयोजना गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे