
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था भिरा एजुकेसन कन्सल्टेन्सीले प्रतिभाशाली क्रिकेट खेलाडी पूजा महतोसँग ब्रान्ड एम्बासडरको रूपमा सम्झौता गरेको छ। यो उपलब्धिका लागि ईक्यान (ECAN) का अध्यक्षको तर्फबाट संस्थाका संस्थापक तथा प्रबन्ध निर्देशक रेश्मा महर्जनलाई हार्दिक बधाई व्यक्त गरिएको छ।
महिला नेतृत्व र सशक्तीकरणको उत्कृष्ट उदाहरणका रूपमा यो सहकार्यलाई लिइएको छ, जहाँ दुई फरक पृष्ठभूमिका प्रेरणादायी नेपाली महिलाहरूले आ-आफ्नो क्षेत्रको सिमाना तोड्दै सहकार्य गरेका छन्। शिक्षा र खेलकुदजस्ता फरक पाटाहरूलाई जोड्ने यस खालको साझेदारीले नेपाली युवाहरूमा आत्मबल, प्रेरणा र सम्भावनाको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
संस्थापक रेश्मा महर्जनको दूरदर्शिता र सक्रिय नेतृत्वले भिरा एजुकेसनलाई नेपाली शैक्षिक परामर्श क्षेत्रमा उदाहरणीय संस्थाका रूपमा स्थापित गराएको छ। अब ब्रान्ड एम्बासडरको रूपमा पूजा महतोको संलग्नताले संस्थाको सन्देश र पहुँचलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।
ईक्यानले भिरा एजुकेसन कन्सल्टेन्सीलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै संस्थाले अझ प्रभावकारी साझेदारीमार्फत युवाको भविष्य निर्माणमा योगदान दिइरहोस् भन्ने अपेक्षा राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे