
काठमाडौं, फागुन २०८१ – नसर्ने रोगहरूको पहिचानका लागि एक महिने विशेष अभियान सञ्चालन गरिएको छ। अध्ययनहरू अनुसार, हरेक चार वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप भएको देखिएको छ। यसबाट मस्तिष्कघात, हृदयघात, मिर्गौला सम्बन्धी दीर्घरोगजस्ता जटिलताहरूको जोखिम बढ्दै गएको छ, जसको उपचारमा व्यक्ति, परिवार तथा राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परेको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, समयमा नै यी रोगहरूको पहिचान गर्न सकेमा गम्भीर असरबाट जोगिन सकिन्छ। यसै सन्दर्भमा, आम नागरिकलाई स्वास्थ्य संस्थामा गई मधुमेह परीक्षण, रक्तचाप मापन, मिर्गौला रोग परीक्षण तथा बीएमआई मापन गराउन आग्रह गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रको समन्वयमा सञ्चालन गरिएको यस अभियानले समयमै रोग पहिचान गरी रोकथाम तथा उपचार प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे