
काठमाडौँ , माघ ४ । सिंहदरबारमा प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ । शुक्ररबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरु छलफलमा जुटेका हुन ।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार उपस्थित भए । प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे