
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका थिए ।
बजेटको विवरण
नयाँ बजेट गत आर्थिक वर्षको भन्दा १ खर्ब ४ अर्ब रुपैयाँले बढी छ । बजेटको कुल रकममध्ये:
चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड
पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आयका स्रोत
यस बजेटको लागि:
१३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट
५३ अर्ब ४५ करोड वैदेशिक अनुदानबाट
२ खर्ब ३३ अर्ब ६६ करोड वैदेशिक ऋणबाट जुटाइनेछ ।
बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति गरिने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् । यसरी बजेटको घाटा पूर्तिको व्यवस्था मिलाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे