
काठमाडौँ, ४ असार । गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग्दै गठबन्धन निकट विद्यार्थीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर टाँगेका हुन् ।
यसअघि १ साउनमा पनि गठबन्धनका विद्यार्थीहअरुले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए । गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गर्दै गभर्नर बर्खास्तीको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।
साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम गर्ने र साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाव दिने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे