
काठमाडौँ । कृषि, लघु तथा घरेलु क्षेत्रका साथै साना तथा मझौला उद्योगमा कर्जा प्रवाह र पहुँच विस्तार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई विशेष डेस्क स्थापना गर्न निर्देशन दिइएको छ। यस व्यवस्थाले उत्पादनमूलक क्षेत्रतर्फ कर्जा प्रवाह बढाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा विभागअन्तर्गत लघु, साना तथा मझौला उद्योगका लागि छुट्टै डेस्क स्थापना गर्नुपर्नेछ। उक्त डेस्कमार्फत कर्जा प्रक्रिया सरल बनाउने, परामर्श प्रदान गर्ने तथा लक्षित क्षेत्रका उद्यमीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यस्तै, कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन गाउँपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखामा कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्क स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले स्थानीय तहसम्म वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
सम्बन्धित डेस्क र फोकल प्वाइन्टमार्फत कृषि तथा घरेलु उद्यममा लगानी बढ्दै रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे