
काठमाडौँ — भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लाको हिरियुर नजिकै राष्ट्रिय राजमार्ग–४८ मा बिहीबार बिहान भएको सवारी दुर्घटनामा ११ भन्दा बढी व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ। बेंगलुरुबाट शिवमोगा हुँदै गोकर्ण जाँदै गरेको लक्जरी स्लीपर बसलाई पछाडिबाट एउटा कन्टेनर ट्रकले ठक्कर दिँदा बसमा आगलागी भएको थियो।
दुर्घटनापछि बस पूर्ण रूपमा आगोमा डुबेको बताइएको छ। आगलागीको क्रममा केही यात्रुहरू जलिरहेको बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए। प्रारम्भिक विवरणअनुसार दुर्घटना ट्रक चालकको लापरवाहीका कारण भएको हो। चालकले सडकको डिभाइडर पार गर्दा गाडीको नियन्त्रण गुमाएर आउँदै गरेको बससँग ठोक्किएको जनाइएको छ।
घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेको छ र घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ। आगो निभाउन दमकलसमेत परिचालन गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे