
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि आज (डिसेम्बर ४) साँझ नयाँ दिल्ली आइपुग्दै छन्। चार वर्षपछि हुन लागेको यो उनको पहिलो भारत यात्रा हो। यसपटक दुबै नेताबीचको वार्ता रक्षा सहयोग बढाउने, व्यापारमा बाह्य दबाब कम गर्ने र साना मोड्युलर रिएक्टर निर्माणमा सहकार्य गर्ने विषयमा केन्द्रित हुने छ । दिल्ली आइपुगेपछि मोदीले पुटिनलाई निजी रात्रिभोजमा स्वागत गर्नेछन्। भोलिपल्ट बिहान पुटिनका लागि औपचारिक स्वागत कार्यक्रम हुनेछ र त्यसपछि उनले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदराबाद हाउसमा २३औँ भारत–रसिया वार्षिक शिखर सम्मेलन हुनेछ जहाँ दुबै नेताले औपचारिक कुराकानी गर्नेछन्।
भारतले रुससँग किनेका केही हतियार ढिलाइ भएको भन्दै ती उपकरण छिटो प्राप्त गर्न दबाब दिने अपेक्षा गरिएको छ। यसमा एस–४०० वायु रक्षा प्रणालीको बाँकी युनिट र नयाँ पुस्ताका लडाकु विमान सम्बन्धी कुरा पनि समावेश हुनसक्छ।दुबै देशका रक्षामन्त्रीहरू पनि छुट्टै बैठकमा बस्नेछन्।
अमेरिकाले भारतका केही सामानमा भन्सार बढाएपछि उत्पन्न भएको दबाबको बीचमा पुटिनको यो भ्रमणलाई भारत–रसिया सम्बन्ध बलियो बनाउन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे