
काठमाडौं, भाद्र २ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आज अमेरिकाको ह्वाइट हाउसमा पूर्व राष्ट्रपति र अहिलेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग भेट गर्न जाँदै छन्। यो भेट युक्रेन–रुस युद्धमा अमेरिका र युरोपको राजनीतिक समर्थन जुटाउने प्रयासका लागि हो।
ट्रम्पले अघिल्लो समयमा युद्ध चाँडै सकिने दाबी गरे पनि उनले युक्रेनलाई हतियार सहयोग दिनेबारे ठोस कुरा भने गरेका छैनन्। त्यसैले यो भेट निकै महत्वपूर्ण मानिएको छ। ट्रम्पले हालै शान्ति सम्झौता हुन युक्रेनले नेटो ९नाटो० मा सामेल नहुने शर्त अघि सारेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जाल ‘एक्स’ ९पूर्व ट्विटर० मा लेख्दै भोलि हुने उक्त बैठकमा आफू पनि सहभागी हुने जानकारी दिएकी छन्। उनले पछिल्लो पत्रकार सम्मेलनमा भनेकी थिइन् कि युक्रेनको भविष्यबारे निर्णय युक्रेनी जनताले नै गर्नुपर्छ। युरोपले न्यायपूर्ण र स्थायी शान्ति नआएसम्म युक्रेनलाई मजबुत साथ दिने उनले बताइन्।
उनका अनुसार रुसमाथि थप दबाब दिन सेप्टेम्बरको सुरुमा प्रतिबन्धहरूको नयाँ प्याकेज पनि ल्याइनेछ। अहिले अमेरिकामा रहेका युक्रेनी नागरिक र अन्तर्राष्ट्रिय समुदायको ध्यान यो भेटतर्फ केन्द्रित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे