
काठमाडौं, साउन ३०। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज शिखर वार्ता हुन लागेको छ। यो वार्ता दुई देशबीचको सम्बन्ध, विश्व शान्ति, व्यापार, र युक्रेन युद्धजस्ता मुख्य विषयमा केन्द्रित रहने बताइएको छ।अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा शिखर वार्ता हुन लागेको हो ।
रुस र युक्रेनबिच सन् २०२२ को फेबु्रअरी २४ देखि युद्ध जारी छ । यस युद्धले दुवैतर्फका हजारौँ सैनिक र गैरसैनिकको ज्यान लिएको छ । अलास्का शिखर वार्तामा युद्धरत युक्रेन भने सहभागी हुने छैन । दुवै नेताले यस वार्ताबाट केही सकारात्मक नतिजा आउने आशा व्यक्त गरेका छन्।
विश्लेषकहरूका अनुसार, यो वार्ताले अमेरिका–रुस सम्बन्धमा नयाँ मोड ल्याउन सक्छ। साथै, विश्व राजनीतिमा यसको ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ। दुई नेताबीचको यो वार्ता शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्ने सबैको चाहना छ। वार्ताको नतिजा कस्तो आउँछ भन्ने कुरामा अहिले सबैको ध्यान केन्द्रित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे