
एजेन्सी । इजरायलले गाजा क्षेत्रमा तीव्र हवाई आक्रमण गरिरहेको छ, जसमा बम र ड्रोन प्रयोग गरिएको छ। हमासद्वारा सञ्चालित एजेन्सीका अनुसार तीन दिनदेखि आवासीय क्षेत्रहरूमा आक्रमण भई धेरै घर ध्वस्त भएका छन्।
इजरायली सेना गाजा कब्जा गर्न सक्ने तयारीमा छ र यसका लागि सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृति पनि दिएको छ।
युरोप, बेलायत, क्यानडा, अस्ट्रेलिया र जापानले गाजामा भोकमरी चर्किँदै गएको भन्दै तत्काल राहतको अपिल गरेका छन्। उनीहरूले स्थायी समाधान खोज्न आग्रह गरेका छन्। इजरायल भने गाजामा भोकमरी नरहेको बताउँदै आएको छ।
७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वमा हालसम्म ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे