
एजेन्सी । अमेरिकाको न्यूयोर्क सहरको म्यानह्याटन इलाकामा गोलीकाण्ड भएर ४ जनाको मृत्यु भएको छ। घाइते ५ जना गम्भीर अवस्थामा छन्। गोली चलाउने २७ वर्षिय युवाले एम-४ राइफल र सुरक्षा कवच लगाएर साँझ ६:३० बजे ३४५ पार्क एभिन्युमा रहेको भवनमा अन्धाधुन्ध गोली हानेको हो। त्यस भवनमा ब्ल्याकस्टोन कम्पनी र एनएफएलको कार्यालय छ, तर घटना कसरी भयो भन्ने अझै स्पष्ट छैन।
गोली चलाएको संदिग्ध शेन डेभोन तामुरा ३३औँ तल्लामा आत्मघाती गोली हानी मरेको फेला परेको छ। प्रहरी आयुक्त जेसिका टिस्चले उनी लस भेगासबाट कारमा न्यूयोर्क आएको बताएकी छन्। घटनाको कारण अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे