
एजेन्सी — थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमा झडपपछि दुबै देश युद्धविराम गर्न सहमत भएका छन्। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोशलमा लेख्दै, उनले दुबै देशका नेताहरूसँग फोनमा कुराकानी गरेर युद्ध रोक्न दबाब दिएका बताएका छन्।
स्कटल्याण्डस्थित आफ्नै गल्फ कोर्सको भ्रमण सुरु गर्दै ट्रम्पले कम्बोडिया र थाइल्याण्ड दुबैले तुरुन्त भेटवार्ताका लागि सहमति जनाएको उल्लेख गरेका छन्। साथै, दुबै देशले ट्रम्पको चासो र पहलका लागि आभार प्रकट गरेका छन्।
कम्बोडियाले ट्रम्पको अनुरोधमा युद्धविराम स्वीकार गरेको हो भने, थाइल्याण्डले दुई देशबीच वार्ताको आवश्यकता रहेकोमा जोड दिएको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार शनिबार नै दुबै देशबीच युद्धविरामको सहमति भएको हो।
यद्यपि ट्रम्पको पहलपछि पनि सीमामा रातभर गोलाबारी जारी रहेको बताइएको छ। कम्बोडियाले यसअघि नै युद्धविरामको प्रस्ताव गरेको थियो, तर उसका सेना तुलनात्मक रूपमा कमजोर रहेका कारण थाइल्याण्डको तोपखाना र हवाई हमलाबाट जमिन र उपकरण गुमाइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे