
एजेन्सी । कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानबाट प्रहार गरिएको मिसाइल खसेको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा कुनै मानवीय वा भौतिक क्षति नभएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। तर कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसालेर जनधनको क्षति हुनबाट जोगाएको छ।
कतार सरकारका प्रवक्ता माजिद बिन मोहम्मद अल(अन्सारीले यो आक्रमणलाई कतारको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले क्षेत्रीय शान्तिका लागि संवादमा फर्कन इरानलाई आग्रह गरेका छन् ।
इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले आक्रमणको जिम्मा लिँदै यसलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ। इरानले यो प्रहार अमेरिकी पक्षद्वारा शनिबार इरानका तीनवटा परमाणु केन्द्रमाथि गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरेको बताएको छ।
कतार र युएईले आकाश मार्ग बन्द गरिसकेका छन् भने बहराइन र कुवेतले पनि आंशिक बन्दको घोषणा गरेका छन्। अल उदीद अड्डा अमेरिकाको मध्यपूर्व रणनीतिक अड्डा हो, जहाँ हजारौं सैनिक तैनाथ छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे