
एजेन्सी । इजरायल र इरानबीचको बढ्दो तनावका बीच चीनले आफ्ना नागरिकलाई सकेसम्म चाँडो इजरायल छाड्न आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै इजरायलमा रहेका चिनियाँ नागरिकको सुरक्षाका लागि यो निर्णय लिएको जनाएको छ। हालको अस्थिर सुरक्षापरिस्थितिका कारण अप्रत्याशित जोखिम बढिरहेको भन्दै नागरिकहरूलाई सतर्क रहन र आवश्यक नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरिएको छ।
चिनियाँ दूतावासमार्फत देश फर्किन चाहने नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिइएको छ। साथै आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने हटलाइन नम्बर पनि सार्वजनिक गरिएको छ।
इजरायल–इरानबीचको पछिल्लो द्वन्द्वले गर्दा धेरै देशहरूले आफ्ना नागरिकलाई सतर्कता अपनाउन निर्देशन दिइरहेका छन्। यसअघि भारत, अमेरिका र युरोपेली देशहरूले पनि यस्तै खालका चेतावनी जारी गरेका थिए। चीनले भने युद्धको जोखिमलाई मध्यनजर गर्दै नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिएको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे