
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको जारी तनावबारे टिप्पणी गर्दै दुई देशलाई केही समय लड्न दिनुपर्ने बताएका छन् । उनले इजरायल र इरानले आपसी द्वन्द्व अन्त्य गर्न समझदारीमा पुग्न सक्छन् भने पनि, त्यो सम्भावना अघि उनीहरूले एकअर्कासँग सिधा सामना गर्नुपर्ने हुनसक्ने बताएका छन् ।
“कहिलेकाहीं उनीहरूले आफैंले सामना गर्नुपर्छ,” ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी के हुन्छ हेर्नेछौं, तर मलाई सम्झौता हुने राम्रो सम्भावना देखिन्छ ।”
आइतबार क्यानडामा हुने जी-७ सम्मेलनमा प्रस्थान गर्नुअघि ट्रम्पले अमेरिकाको इरानसँग राम्रो सम्बन्ध रहेको बताएका थिए । साथै, इजरायल र इरानले एकअर्काप्रति आदर राख्ने दाबी पनि गरे । तर उनले इजरायललाई इरानमाथि हवाई हमला रोक्न भने नबताएको स्पष्ट पारेको सीएनएनले उल्लेख गरेको छ ।
ट्रम्पको यो टिप्पणी इजरायलले तेहरानको आणविक क्षमतामाथि आक्रमण गरेको र इरानले बदला स्वरूप मिसाइल र ड्रोन आक्रमणहरू थालेको समयमा आएको हो । हाल दुई देशबीच आक्रमण–प्रत्याक्रमण जारी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे