
काठमाडौँ , ३० पुस | ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले गर्यो ट्राडिश्नल कम्फट् मा प्रि डिपार्चर सेसन सम्पन्न ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले प्री डीपार्चर सेसन सम्पन्न गरेकाे छ। यहि पौष २९ गते ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले ट्राडिश्नल कम्फट् कमलपोखरीमा युके अध्ययन गर्न जानका लागि भिजा लागेका र भिजाको पर्खाईमा रहेका विद्यार्थीहरूलाई यात्रामा आईपर्ने समस्या, फाईनान्ससीएल डकुमेन्ट्स्, यात्रामा बाेक्न हुने र नहुने सामान र लगेज, यारर्पाेटमा चेकिङ्ग हुने सामानकाे तौल, तरीका लगायतका बारेमा जानकारी दिदै संस्थाका सीईओ भूवन गिरिले जानकारी गराउनु भयो।
कार्यक्रममा मिसन डाक्टर प्राइभेट लिमिटेडका मेनेजीङ डाइरेक्टर तथा इक्यानका कार्यकारी सदस्य पुष्प राज भट्टराईले आफु बेलायत अध्यनका क्रममा परेको गाह्रो र समस्याको अनुभव साट्दै प्री डीपार्चर सेसनमा बिध्यार्थीहरूलाई हाल अपडेटड इन्फर्मेसनका बारेमा प्रकाश पार्नु भएको थियो। उक्त प्रि डिपार्चर सेसनमा भिजा लागेका बिध्यार्थीहरूलाई शुभकामना तथा बधाई ब्यक्त गर्दै सम्मान स्वरूप खादा लगाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे। कार्यक्रममा विद्यार्थीले Bridge International Educational Consultancy काे बारेमा सुरूवाति चरण देखि दिएकाे याेगदान, परामर्श र सहयोगको उच्च कदर गर्दै बिध्यार्थीहरूले ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीलाई धन्यबाद ब्यक्त गरेका छन्।
ब्रिज इन्टरनेसनल एजुकेशनल एजुकेशनल कन्सल्टेन्सीले Uk, क्यानडा, अष्ट्रेलिया, अमेरिका न्युजिल्यान्ड लगायतका कन्ट्रिमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा दिदै आईरहेकाे छ। यस Bridge International Educational Consultancy का बारेमा जान्न चाहने विद्यार्थीले ब्रिजकाे विभिन्न शाखा वा फेसबुक अनलाईन मार्फत थप जानकारी लिन सक्ने कार्यक्रम सञ्चालक तथा बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर रूपेश थापाले जानकारी गराउनु भयो।
कार्यक्रममा जुपिटर मिडियाका निर्देशक सुनिल आचार्य, बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका महाराजगञ्ज ब्रान्च म्यानेजर पवन अधिकारी, महाराजगञ्ज ब्रान्च डाइरेक्टर प्रवेश तिम्सीना र शुभचिन्तकहरूको बाक्लो उपस्थिती रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे