
धनुषा, पुस ३ । धनुषाको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ गइरहेको ज १२ प १४९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–१ का चन्द्रदीप यादव रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए।दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण यादवको अवस्था गम्भीर छ ।उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे