• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१४ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१७ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

१७ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१८ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

१९ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

१९ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

२0 घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

२0 घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

२0 घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

२0 घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

२0 घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (३ साल अघि)

टीकापुरमा पानी वितरणमा समस्या

  • 2,088 Views
  • कैलाली , २६ मंसिर | कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।खानेपानीको पाइप काटिंदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ।नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन्। बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ। पानी चौबीसै  घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यवस्था गरेका छैनन्। धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन्।

    यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन्। ‘खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्नेबारे खानेपानी संस्थाले ध्यान दिनुपर्छ’, स्थानीय माहन्त साउँदले भने, ‘पाइप काटिंदा अनियमित र फोहर पानी आउने गरेको छ।’ उनले स्वच्छ खानेपानी नियमित वितरण गर्नेबारे संस्था जिम्मेवार हुनुपर्छ भने।

    पानी नियमित भएको र पाइप काटिंदा पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ। ‘दिनहुँजसो पाइप काटिन्छ। पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अवरुद्ध हुन्छ’, खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भने, ‘पाइप काटिंदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ।’

    पाइप नकाटियोस् भन्नेबारे आफूहरू सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताए। कार्यालय प्रमुख सोडारीका अनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो।‘पाइप काटिएको रकमबापत रु १४ लाख क्षतिपूर्ति असुल्न बाँकी रहेको छ’, सोडारीले भने, ‘९० सेन्टिमिटर गाड्नुपर्ने पाइप ४८ मिटर त कही त्योभन्दा कम गाडिएको पाइयो।’

    संस्थालाई कसरी दिगोपनमा लैजान सकिन्छ भन्ने योजना बनाएर अघि बढिरहेको सोडारीले बताए। ‘संस्थाको अधिकतम हितका लागि कतिपय अवस्थामा अप्रिय निर्णय पनि लिन जरुरी छ’, सोडारीले भने, ‘खानेपानीको महसुलमा अनावश्यक टीका-टिप्पणी गरेको पाउँछु राम्रो लाग्दैन।’नब्बे सेन्टिमिटरमा पाइप गाड्नुपर्ने मापदण्ड भए पनि निर्माण कम्पनीले अधिकांश ठाउँमा मापदण्डअनुसार काम नगरेकै कारण पाइप काटिन थालेको हो। ‘निर्माण कम्पनीले पाइप गाड्दा मापदण्ड अनुसार काम नगर्नु भनेको भ्रष्टाचार हो’, खानेपानी संस्थाका सदस्य खड्गबहादुर धामीले भने, ‘खाल्डो खन्ने रकम निर्माण कम्पनीले बचाएको प्रष्ट हुन्छ। अर्काेतर्फ पाइप जथाभावी गाडेको रहेछ।’

    निर्माण कम्पनीले काम गर्दा धेरै अनियमितता गरेको देखिन्छ भन्दै धामीले बिग्रेको काम सुधार्नमै हामी लागेका छौं भने।अहिलेसम्म दुई सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ। लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप विस्तार गरिएको छ। आठ हजार चार सय १३ धारा जडान गर्ने लक्ष्यअनुसार संस्थाले सात हजार छ सय धारा जडान गरेको छ। सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ।

    संस्थाले वार्षिक रु एक करोड २१ लाख सावाँ ब्याज गरेर ऋण तिर्दै आएको छ। पुस र असार मसान्त गरी वर्षको दुई पटक किस्ता बुझाउनुपर्छ। संस्थाले रु १४ करोड २६ लाख ऋण भुक्तानी गर्न बाँकी छ। अहिलेको आम्दानीले सञ्चालन खर्च पुगेको भए पनि भविष्यमा आइपर्ने समस्या थेग्न सक्ने अवस्था नभएको संस्थाका अध्यक्ष नरेशकुमार खत्रीले बताए।

    ‘पम्प, क्यानल, भल्ब र मेसिन पुराना हुँदै जाने त्यसका लागि मर्मत खर्च आवश्यक पर्छ भने कतिपय सामान अर्काे बदल्नुपर्छ। त्यसका लागि पनि थप रकम आवश्यक पर्छ’, अध्यक्ष खत्रीले भने, ‘शुल्कबारे अनर्गल प्रचार हुन्छ, खर्च धान्ने भनेकै शुल्कबाट हो, अरु आयस्रोत केही हुँदैन।’उनले संस्थाको दिगोपनबारे उपभोक्ता पनि सचेत हुनुपर्छ भने। खत्रीले निर्माणका क्रममा पाइप धेरै टुटफुट भइरहेका छन् जुन चिन्ताको विषय हो भने।

    खानेपानी विभागले अटोमेटिक भल्ब सिस्टमका लागि उपकरण अनुदान दिने भएको छ। उपकरण खरिदका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ। टीकापुरका चारवटै ट्याङ्कीमा फिल्टर जडान गरिएको छ। फिल्टरले छानेर पानी वितरण गर्दा पनि कतिपय अवस्थामा उपभोक्ताले लेदो पानी आयो भनेर गुनासो गर्ने गरेका छन् त्यसको कारण एउटै पाइप काटिनु हो। यसरी पाइप काटिनबाट जोगाउन खानेपानी संस्थाले प्रत्येक ब्लकमै उपसमिति गठन गरेर चेतना जगाउने काम गर्न थालेको छ। रु ५३ करोड लागतमा निर्माण भएको खानेपानी योजनालाई स्तरोन्नतिका लागि भनेर थप रु तीन करोड बजेट उपलब्ध गराइएको थियो। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १४ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १७ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    १७ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १८ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    १९ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    १९ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    २0 घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    २0 घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    २0 घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ४

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution