
पोखरा — पोखरामा कोरोना सङ्क्रमणका कारण एक ७० वर्षीया महिलाको ज्यान गएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार ती महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वासप्रश्वासमा समस्या आएपछि उनी असार २५ गते अस्पताल भर्ना भएकी थिइन्। जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको थियो। कोरोना पोजेटिभ देखिएको आठ दिनपछि, साउन ४ गते उनको मृत्यु भएको निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे