
एजेन्सि । ताइवानमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । ताइवानमा गएको भूकम्पका कारण दक्षिणी जापानमा सुनामी आउने सम्भावना छ । जापानी प्रशासनले सुनामीको चेतावनी जारी गरेको छ ।
जापानले सुनामीको पहिलो लहर यसका दुई दक्षिणी टापुमा पुगेको जनाएको छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको खतरा भएको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिइसकेको छ । ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्, केही शहर वरपरका भवन र सुरुङहरूमा फसेका छन् ।
मिडिया रिपोर्टका अनुसार भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको हुआलियन काउन्टी हलबाट २५.० किलोमिटर दक्षिण-दक्षिणपूर्वमा १५.५ किलोमिटर गहिराइमा रहेको भूकम्प विज्ञान केन्द्रले जनाएको छ। उत्तरपूर्वको यिलान काउन्टी र उत्तरमा मियाओली काउन्टीमा ५ रेक्टर स्केलभन्दा बढीको भूकम्पको धक्का महसुस गरिएको थियो । उत्तरी सहरको ताइपेई सिटी, न्यु ताइपेई सिटी, ताओयुवान सिटी र सिन्चु काउन्टी, ताइचुङ सिटी, चाङहुआ काउन्टीमा पनि ५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रीय मौसम एजेन्सीले जनाएको छ ।
भूकम्पका कारण ताइपेई, ताइचुङ र काओसिङमा मेट्रो प्रणाली ४० देखि ६० मिनेटसम्म अवरुद्ध भएको थियो । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको खतरा भएको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे