काठमान्डौ , १६ असार | भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ । ६ सय ६० जना उत्तीर्ण भएकोमा ६ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये छ सय ६० जना नाम निकाल्न सफल भएका छन् ।
लिखित र मौखिक परीक्षामा भाग लिई दुवै परीक्षामा औसतमा उच्च अङ्क प्राप्त गर्ने ६६० जनालाई छनोट गरिएको विभागले जनाएको छ ।भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४, भन्सार एजेन्ट परीक्षा सञ्चालन कार्यविधि २०७७ र भन्सार विभागको निर्णयानुसार परीक्षा सञ्चालन गरिएको विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे