
काठमाडौँ , १५ कात्तिक | नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन,टेलिफोनका ,इन्टरनेट तार तथा उपकरणहरू व्यवस्थापन गर्न ४५ दिनको सूचना निकालेको छ ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी र इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै ४५ दिनको समय अवधिमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।
तोकिएको समयमा पनि पोलमा तानिएका तारको व्यवस्थापन नगरे नेपाल विद्युत् प्राधिकरण आफैँले हटाउने सूचनामा उल्लेख छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे