
काठमाडौँ, असार १२। लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ रहेको छन् । स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगेको हो । बेपत्ताको शव नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्धारा खोजी भई रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे