
काठमाडौँ । उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार उच्च अदालत पाटनमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ गराएका हुन्।
कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ,कानुनमन्त्री धनराज गुरूङलगायत उपस्थित थिए। पुष १८गते बसेको न्याय परिषदको बैठकले ३९ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको थियो।
जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना र कानुन व्यवसायीबाट ९ जना रहेका छन्। बाँकी ४ जना कर्मचारीबाट न्यायाधीश नियुक्त भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे