
काठमाण्डौ। नक्सालस्थित ऐतिहासिक ढुङ्गेधाराको पुनःस्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ। वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार पुनःस्थापनाको २५ प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिइएको छ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यो ढुङ्गेधारा मल्लकालीन स्मारक रहेको बताउनुभएको छ। उहाँले यो सम्पदा संरक्षणसँगै पूर्खाको नासो जोगाउन सफल भएको धारणा व्यक्त गर्नुभएको छ।
ढुङ्गेधारामा रहेका चतुर्मुखी शिवलिङ्ग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर र गदाधर नारायणका मूर्तिहरू प्राचीन पुरातात्विक महत्वका रहेका कारण धार्मिक सहअस्तित्वका दृष्टिले पनि यसलाई महत्वपूर्ण मानिएको छ।
ढुङ्गेधाराको पुनःस्थापनासँगै यसको प्रयोग दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको विवरणमा उल्लेख छ। विवरणमा जलसम्पदासँग सम्बन्धित धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्धलाई अझ गहन रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे