
काठमाडौँ , ३ भाद्र | गत साउन ४ गतेको गोरखापत्रमा विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन सूचना प्रकाशन भएसँगै विसं २०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन् । यी तीनवटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा रहेका छन् ।
समितिका अनुसार प्राप्त निवेदनमाथि छलफल, चाडपर्वको निर्णय, ग्रह गणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइन्छ ।पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे