
काठमाण्डौ।कामना सेवा विकास बैंक लिमिटेडको नाममा स्वामित्व कायम रहेको र हाल बैंकको आफ्नै उपयोगमा नभएको विभिन्न जिल्ला स्थित गैर बैंकिङ्ग सम्पत्तिहरु लिलामी बिक्रीका लागि १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशन (प्रकाशित मिति: २०८१/०१/०९) गरिएको छ। सो लिलामी प्रकाशन मितिले १५ दिन भित्र अर्थात् २०८१/०१/२४ गते भित्र इच्छुक व्यक्तिहरुले लिलामी खरिद गर्न चाहेको सम्पत्तिको विवरण सहितको दरभाउपत्र (Bid Proposal) पेश गर्न सकिनेछ।
लिलामीमा उल्लेखित सम्पत्ति हेर्न इच्छुक व्यक्ति/संस्थाहरुले कामना सेवा विकास बैंक लिमिटेडको सम्पत्ति व्यवस्थापन विभाग (Property Management Department), केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न सकिनेछ।
यस सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कसैले लिखित उजुरी पेश गरेमा सो सम्पत्ति बिक्री प्रक्रिया स्थगित गरिनेछ। उजुरी नपरेमा १५ दिनपछि बैंकले सम्पत्ति खरिदको लागि प्राप्त सबै प्रस्तावहरुमध्ये उपयुक्त प्रस्तावलाई प्राथमिकतामा राखी सम्पत्ति बिक्री प्रक्रिया अगाडि बढाउनेछ।
तसर्थ, सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे