
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औं दीक्षान्त समारोह पुस १३ गते शनिबार आयोजना हुने तयारी रहेको छ। विश्वविद्यालय प्रशासनले यस वर्ष करिब १४,००० विद्यार्थीले दीक्षान्तमा सहभागी हुने अपेक्षा गरेको छ।
त्रिविका अधिकारीहरूले समारोहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। यो दीक्षान्त कार्यक्रम विश्वविद्यालयका स्नातक, स्नातकोत्तर, र शोधस्तरका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई औपचारिक रूपमा सम्मान गर्न आयोजना गरिने परम्परागत वार्षिक कार्यक्रम हो।
समारोहमा विश्वविद्यालयका प्राध्यापक, पदाधिकारी, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहने बताइएको छ। त्रिविले यो वर्षको दीक्षान्त समारोहलाई विशेष बनाउन विभिन्न कार्यक्रम पनि समावेश गरेको जनाएको छ।
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले ५०औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन फाराम बुझाउने समयसीमा कार्तिक ७ गतेसम्म थप गरेको थियो। यसअघि असोज २३ गतेलाई अन्तिम म्याद तोकिएकोमा दशैं बिदाका कारण विद्यार्थीहरूलाई परेको असुविधालाई ध्यानमा राख्दै समय थप गरिएको त्रिविले जनाएको थियो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी ५०औं दीक्षान्त समारोहका लागि पुरस्कार र पदक प्राप्तकर्ताको अन्तिम नामावली सार्वजनिक गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे