
एजेन्सी । अमृतसरको विभिन्न स्थानमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पञ्जाब राज्य अन्तर्गत पर्ने अमृतसर जिल्लामा आइतवार रातिदेखि सोमबार बिहानसम्म विषाक्त मदिरा सेवनपछि एकपछि अर्काे गरी मानिसहरू बिरामी पर्न थालेका थिए। स्थानीय अस्पतालमा उपचारका क्रममा १४ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा घरेलु रूपमा उत्पादन गरिएको अवैध मदिरा सेवनका कारण यो घटनाहरू भएको आशंका गरिएको छ। मदिरा सेवनपछि अत्यधिक टाउको दुख्ने, आँखामा समस्या देखिने र बेहोस हुनेजस्ता लक्षण देखिएका थिए। १४ जनाको मृत्यु भएको पुष्टि भएको र ६ जना हाल अस्पतालमा भर्ना भएका छन्। घटनापछि प्रहरीले मदिरा बिक्री भए स्थानहरूमा छापा मार्ने काम तीव्र पारेको छ भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। पञ्जाब सरकारले घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएको छ।
यसअघि पनि पञ्जाबमा यस्तै खालका विषाक्त मदिरा सेवनबाट मृत्यु हुने घटनाहरू भएका थिए। स्थानीय बासिन्दाहरूले सरकारसँग अवैध मदिरा कारोबार नियन्त्रण गर्न कडा कदम चाल्न माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे