
एजेन्सी । भारतको मध्यप्रदेश राज्यमा एक दर्दनाक सवारी दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ। सोमबार राति सिहोर जिल्लाको एक गाउँमा यात्रु सवार बोलेरो जीप अनियन्त्रित भई सडक छेउको इनारमा खस्दा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा गाडीमा सवार १२ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
मृतकमध्ये महिला र बालबालिका समेत रहेको जनाइएको छ। गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे