
काठमाडौँ । माथिल्लो अरुण जलविद्युत् आयोजना ९१,०६३ मेगावाट निर्माणका लागि एनआरएन र विदेशमा काम गर्ने नेपालीहरूलाई १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने प्रस्ताव गरिएको छ। यो आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण ९नेपाल विद्युत प्राधिकरण० को अगुवाइमा बन्नेछ।
आयोजनाको कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ हुने अनुमान छ। यसमध्ये ३० प्रतिशत स्वःपुँजी ९इक्विटी० र ७० प्रतिशत ऋण मार्फत व्यवस्था गरिनेछ। ७ वर्षमा आयोजना बनिसक्ने अपेक्षा राखिएको छ।
४९ प्रतिशत साधारण सेयरमध्ये
१८५ एनआरएन र वैदेशिक रोजगारमा रहेका नेपालीलाई
१०५ आयोजना प्रभावित क्षेत्र र सङ्खुवासभा बासीलाई
१८५ देशभरका सर्वसाधारणलाई
२५ पिछडिएको क्षेत्रलाई
बाँकी प्रवर्धक निकायका कर्मचारीलाई छुट्याउने प्रस्ताव छ।
ऋण व्यवस्थापनका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआईडीसीएल, नेपाल टेलिकम लगायतका संस्थाबाट कर्जा र ऊर्जा बोन्ड जारी गरेर रकम उठाइनेछ।
आयोजना पूरा भएपछि वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ। पहिलो वर्षमै करिब २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ। हाल आयोजनाको पहुँच सडक र पुल निर्माणको काम भइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे