
एजेन्सी – इरानी मिसाइल आक्रमणमा परेर कम्तीमा १० जना इजरायली नागरिक मारिएका छन् । इजरायली सेनाका अनुसार, हमला शनिबार राति दक्षिण इजरायलको एक सैन्य र आवासीय क्षेत्रमा भएको हो ।
इरानले आक्रमणको पुष्टि गर्दै इजरायली कारबाहीको जवाफमा यो कदम चालेको जनाएको छ । इरानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सुरक्षाका लागि आवश्यक प्रतिक्रिया हो ।”
यता, इजरायली प्रधानमन्त्रीले इरानको आक्रमणलाई “युद्धको खुला घोषणा” भन्दै कडा प्रतिक्रिया जनाएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायसँग एकजुट भइ इरानको कदमको विरोध गर्न आह्वान गरेका छन् ।
यसबीच, आइतबारका लागि तय भएको अमेरिका र इरानबीचको वार्ता अन्तिम समयमा रद्द गरिएको छ । वार्ताबाट इरानको आणविक कार्यक्रमबारे सहमति खोज्ने प्रयास भइरहेको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार हालको परिस्थिति वार्ताका लागि अनुकूल नरहेको बताइएको छ ।
क्षेत्रीय तनाव उच्च बन्दै गएको बेला यो घटनाले मध्यपूर्वमा थप अस्थिरता ल्याउने चिन्ता बढेको छ । विश्लेषकहरूले इरान–इजरायलबीचको तनावले ठूला शक्तिहरूलाई प्रत्यक्ष रुपमा तान्न सक्ने चेतावनी दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे