
काठमाडौँ, फागुन ६ – नेपालपे क्यु आर मार्फत स्थानिय राजस्व भुक्तानी गर्दा ग्राहकलाई १०% (अधिकतम रु २५) सम्म क्यासब्याक प्राप्त हुने योजना लागू गरिएको छ। यस योजना अनुसार, प्रत्येक भुक्तानीमा ग्राहकले १०% क्यासब्याक प्राप्त गर्नेछन्। यो रकम भुक्तानी गर्ने खातामा क्रेडिट गरिनेछ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले जनाएको छ कि यो प्रस्ताव ३० असार, २०८१ सम्म उपलब्ध हुनेछ। यस योजनाका सर्तहरूमा परिवर्तन गर्न NCHL लाई अधिकार रहेको पनि स्पष्ट पारिएको छ।
नयाँ डिजिटल भुक्तानी विधि नेपालपे क्यु आर मार्फत गाउँपालिका र नगरपालिकामा स्थानिय राजस्व भुक्तानी गर्न अझ सजिलो बनाएको छ। ग्राहकहरूलाई यो प्रस्तावको फाइदा लिन अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे