
नेपालको संविधानले नागरिकको सूचनाको हक प्रत्याभूत गरेको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नागरिकको सूचनाको हक संरक्षण गरी प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नुपर्ने जिम्मेवारी तोकेको छ।
यसै सन्दर्भमा सूचनाको स्पष्ट, पारदर्शी, विश्वसनीय,जवाफदेही, सान्दर्भिक र सामयिक सिद्धान्तलाई आत्मसात गरेको छ। नेपाल राष्ट्र बैंकले बैंकको सूचना तथा जानकारी सरोकारवालासमक्ष प्रवाह गर्ने पद्दतिलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २९ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, सञ्चालक समितिले यो नेपाल राष्ट्र बैंक सूचना तथा सञ्चार नीति, २०७७ (पहिलो संशोधन) जारी गरेको छ ।
यस निति अन्तर्गत बैकको गभर्नरको कार्यालय अन्तर्गत सूचनाको हक तथा सञ्चारसम्बन्धी प्रचलित कानुन बमोजिम सूचना व्यवस्थापन सम्बन्धी कार्य गर्न एक सूचना तथा सञ्चार समन्वय महाशाखा रहनेछ ।
यस महाशाखाले कुनै व्यक्ति, संस्था वा निकायले सार्वजनिक महत्व वा व्यक्तिगत हकसँग सम्बन्धित सूचना औपचारिक रूपमा माग गरेमा सोको व्यवस्थापन उपदफा (१) अन्तर्गत गठन भएको महाशाखा मार्फत गर्नेछ ।
महाशाखाले बैंकको तर्फबाट सूचनाको हक सम्बन्धी प्रचलित कानुनबमोजिम जानकारी दिनुपर्ने सूचना त्रैमासिक रूपमा आवश्यक कागजात तयार गरी सर्वसाधारणको जानकारीको लागि बैंकको वेवसाइटमा प्रकाशन गर्नेछ ।
बैंकले महाशाखामार्फत बैंकका आवश्यक सूचना, वित्तीय चेतना एवम् साक्षरता र विज्ञापन सन्देशहरू सर्वसाधारणको जानकारीको लागि विभिन्न सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न गराउन सक्नेछ ।
साथै महाशाखाले सञ्चार माध्यम र सरोकारवालासँगको सञ्चार सम्बन्धको व्यवस्थापन गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे