
काठमाडौँ , ८ पुस | शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । भेटवार्तामा प्रकाशमान सिंहले ‘प्रचण्ड’लाई यसपटक प्रधानमन्त्री दावी नगर्न आग्रह गरेका छन् ।
कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने प्रस्ताव प्रचण्डसमक्ष प्रस्ताव राखेका थिए । तर प्रचण्ड भने सुरुमै नेतृत्व गर्न पाउनु पर्ने अडानमा रहेका छन् ।
प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले देउवाकै नेतृत्वमा नयाँ सरकार बन्नपर्ने नेता सिंहको भनाइ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्म समयसीमा दिएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे