
काठमाडौं,जेठ २ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा ओमान र नामेवियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ । सोमबार बिहान भएको खेलमा नामिबियाले सुपर ओभरमा ११ रनले ओमानलाई पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरको २ बल बाँकी हुँदै सवै विकेट गुमाएर १०९ रनमा रोकिन पुग्यो ।
सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए । सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो । मेहरान खानले अन्तिम ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।पहिलो बलमै कश्यप प्रजापती र दोस्रो बलमा कप्तान अकिव इलियास आउट भएका थिए । त्यसपछि १० रन हुँदा तेस्रो विकेटको रुपमा नसिम खुसी आउट भए । उनी ६ रन बनाएर आउट भएका थिए ।
जिसन मक्सुद र खलिद काली पारि अघि बढाए । खलिदले ३४ रनको पारि खेल्दा मक्सुदले २२ रन जोडे । यसैगरी शकिल अहमदले ११ रन जोडे । नामेवियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिँदा डेभिव वेसले ३ विकेट हात पारे । यस्तै जेरार्ड एरामसले २ तथा ब्रेनान्ड स्कोल्ट्जले एक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे