
काठमाडौं, असोज ७ | सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन्।
उनले भने, सिआइबिको क्षमतामा मलाई अहिलेपनि प्रश्न छैन। मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि, प्रभावमा पारे कि भन्ने लागेको छ। सभापति लामिछानेले सरकारले गर्ने अनुसन्धान सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे । उनले भने, सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन। सलाईको काँटी जतिपनि पड्किएन।
राजनीतिक हस्तक्षेपका कारण प्रहरीले केहि गर्ने नसकेको धारण व्यक्त गरे ।सत्तारुढ दलका मानिसहरुको नाम आएपछि अनुसन्धानले सुन पानी छर्किने काम भएको छ र गहिरो अनुसन्धान नभएको भन्दै उनले राजनीतिक दल र नेताहरुमाथि शंका लागेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे