
काठमाडौँ, मङ्सिर १३ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यो मुल्य हालसम्मकै उच्च मुल्य हो । हिजो छापवाल सुन प्रतितोला एक लाख १ लाख १७ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजाबी सुन तोलाको एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ५०० सय बिस रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे